महेन्द्रनगर, धनुषा । दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजनको फेसबुक पेज लगायत सामाजिक सञ्जालबाट एकसाथ प्रसारित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘महासंग्राम’ को तेस्रो चरण अर्थात् क्वाटर फाइनलको पहिलो दिन सम्पन्न प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीहरुलाई सम्मानपूर्वक विदाइ गरिएको छ । प्रतियोगिताबाट बाहिरिएका विद्यार्थीहरुलाई नेपाल सरकारका राष्ट्रिय सेवक कर्मचारी धर्मराज पौडेल को हातबाट सम्मान तथा शुभकामना सहित विदाइ गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले देखाएको ज्ञान, प्रतिभा, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको प्रशंसा गर्दै पौडेलले प्रतियोगिताबाट बाहिरिए पनि यसलाई हारका रूपमा नलिई आगामी दिनमा अझ मेहनत र लगनका साथ अध्ययनलाई निरन्तरता दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । प्रतियोगिताको क्वाटर फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धा थप रोचक बन्दै गएको आयोजकले जनाएको छ । प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज, दुधमती टेलिभिजन फेसबुक पेज लगायत सामाजिक सञ्जालमार्फत एकसाथ प्रसारण भइरहेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech