दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ नयाँ बजारमा श्री श्री १०८ श्री दुर्गा पूजाको उपलक्ष्यमा आयोजना गरिएको भव्य पहलमानी खेल सम्पन्न भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमालेका नगर अध्यक्ष अनिल कुमार चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा भारतको उत्तर प्रदेशको अयोध्या, बनारस, बिहारको बेगुसराई, नेपालका नवलपरासी लगायतका स्थानका साथै स्थानीय पहलमानहरूको सहभागिता रहेको थियो ।
कडा प्रतिस्पर्धाबीच सम्पन्न भएको फाइनल खेलमा बिहारको बेगुसराईका पहलमान प्रथम स्थान हासिल गर्न सफल भएका छन् । विजेता पहलमानलाई प्रमुख अतिथि चौधरीले गदा र नगद पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष चौधरीले स्थानीय स्तरमा लोप हुँदै गएको परम्परागत पहलमानी खेललाई पुनर्जीवित गर्न आफू निरन्तर लागिरहेको बताए । उनले लक्ष्मी पूजा लगायतका विभिन्न मेलाहरूमा व्यक्तिगत पहलमा पुरस्कारको व्यवस्था गर्दै खेललाई जोगाउने प्रयास गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताका लागि आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले यसठाउँमा हुने इन्द्रपूजा लगायत अन्य सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा पनि व्यक्तिगत रूपमा सहयोग र सहभागिता जनाउँदै आएको बताउँदै केही व्यक्तिले त्यसलाई गलत अर्थ लगाउने गरेकोप्रति दुःख व्यक्त गरे । “मेरो एउटै चाहना यहाँ हुने हरेक कार्यक्रम भव्य, सभ्य र सफल होस्,” उनले भने ।
पहलमानी खेलमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, वडा नं. ९ का अध्यक्ष अवध किशोर यादव, स्थानीय बुद्धिजीवी ललित साह, युवा नेता सितेश कुमार झा, जावेद खान लगायतको उपस्थिति रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग