महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७, नयाँ बजारस्थित दुर्गा मन्दिर नजिक घटस्थापनाको दिनदेखि सञ्चालन हुँदै आएको झिझिया कार्यक्रम आइतबार साँझ सम्पन्न भएको छ । कार्यक्रमको समापनका अवसरमा झिझिया प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार सहित सम्मान गरिएको आयोजकले जनाएको छ । आइतबार साँझ आयोजित समापन तथा सम्मान कार्यक्रममा संघीय सांसद यसोदा यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटीका अध्यक्ष अनिल कुमार चौधरी लगायत विभिन्न व्यक्तित्वहरूको विशिष्ट उपस्थिति रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई उनीहरूको स्थान अनुसार पुरस्कार प्रदान गरिएको हो । तराई–मधेशको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको झिझिया नृत्यले दशैंको समयमा विशेष महत्त्व राख्ने गर्दछ । घटस्थापनादेखि सञ्चालन भएको यस कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याएको छ । साथै, झिझिया प्रतियोगिताले स्थानीय कलाकार तथा सहभागी टिमहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेको छ । कार्यक्रमको समापनसँगै उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ । यस्ता सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तामा मौलिक परम्पराप्रति रुचि बढाउनुका साथै स्थानीय समुदायबीच आपसी सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech