दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
इम्पावर नेपाल संस्थाको आयोजनामा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा विभिन्न संघसंस्था र सामाजिक संस्थाहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रमको उद्देश्य रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा रगतको अभाव हुन नदिन सहयोग पु¥याउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा ओमेगा तालिम केन्द्र जनकपुर, आदित्य सैलुन महेन्द्रनगर, युवा एकता समाज सेवा कतार, सामुदायिक विकास युवा समाज तथा विवेकशील साना किसान बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतो (मोदी) र स्थानीय बुद्धिजीवी राम सिठ महतोले सम्मानपत्र प्रदान गरेका थिए । रक्तदानजस्तो मानवीय तथा सामाजिक सेवामा योगदान पु¥याउने रक्तदाताहरूको हौसला बढाउने उद्देश्यले सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं. ८ का समाजसेवी अशेश्वर महतो, इम्पावर नेपालका अध्यक्ष हरि ठाकुर, कोषाध्यक्ष नितेश ठाकुर, सचिव अविनास ठाकुरलगायत संस्थाका सदस्य तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
रक्तदानलाई जीवनदानसँग जोडिएको महत्वपूर्ण मानवीय सेवाका रूपमा लिँदै यस्ता कार्यक्रमले समाजमा परोपकार, सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, रक्तदान सम्बन्धी जनचेतना बढाउन र आवश्यकतामा रहेका बिरामीलाई रगत उपलब्ध गराउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग