महेन्द्रनगर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगर स्थित दुर्गा मन्दिर लगायत विभिन्न शक्तिपीठहरूमा आज घटस्थापनाको दिनदेखि विधिवत् रूपमा झिझिया कार्यक्रम सुरु भएको छ । महेन्द्रनगर दुर्गा मन्दिरमा साझा दुर्गा मेला समितिका अध्यक्ष संजय साहको अध्यक्षता तथा क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमाले नगर कमिटीका अध्यक्ष अनिल कुमार चौधरीको प्रमुख आतिथ्यमा झिझिया कार्यक्रमको विधिवत् उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनिल कुमार चौधरीले मैथली मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले दशैं पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै परम्परागत झिझिया संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउन सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । दशैंको अवसरमा आयोजना गरिने झिझिया कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै धार्मिक तथा सांस्कृतिक उत्सवमा स्थानीयवासीको सहभागिता बढाउने अपेक्षा गरिएको छ । मेला समितिका अनुसार आजदेखि दशैं अवधिभर प्रत्येक दिन झिझिया कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका–५ का स्थानीय नेता सतीश कुमार झा, वडा नं. ७ का पूर्ववडाध्यक्ष रामकृष्ण यादव, स्थानीय नेता सखिचन यादव लगायत स्थानीयवासी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । दशैंको अवसरमा महेन्द्रनगर दुर्गा मन्दिरमा सुरु भएको झिझिया कार्यक्रमले स्थानीय धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उल्लासमय बनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech