दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुर स्थित श्री श्री १०८ श्री दुर्गा पूजाको अवसरमा आयोजना गरिएको पहलमानी खेलको विधिवत् उद्घाटन भएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको दुर्गा मेलालाई यस वर्ष थप भव्य, आकर्षक र मनोरञ्जनात्मक बनाउने उद्देश्यले पहलमानी खेल, झिझिया कार्यक्रम तथा नृत्य प्रतियोगिता सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
पहलमानी खेलमा स्थानीय पहलमानहरूका साथै देशका विभिन्न स्थान तथा विदेशबाट समेत पहलमानहरूको सहभागिता रहेको बटेश्वर गाउँपालिका–५ का वडाध्यक्ष शिव करण यादवले जानकारी दिनुभयो । परम्परागत पहलमानी खेलले स्थानीय कला, संस्कृति र खेलकुदको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास आयोजकले लिएको छ ।
दुर्गा पूजाको अवसरमा लाग्ने मेलालाई थप व्यवस्थित र भव्य बनाउँदै स्थानीय स्तरमा मनोरञ्जनका साथै सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्यसहित विभिन्न प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । पहलमानी खेलले खेलप्रेमी तथा दर्शकहरूलाई आकर्षित गर्नुका साथै झिझिया र नृत्य प्रतियोगिताले मेलाको रौनक थप बढाउने अपेक्षा गरिएको छ ।
यसैबीच, आगामी कार्तिक २ गते आयोजना हुने पहलमानी प्रतियोगिता तथा झिझिया प्रतियोगिताको फाइनल कार्यक्रम दुधमती टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ । प्रत्यक्ष प्रसारण मार्फत मेलामा उपस्थित हुन नसक्ने दर्शकहरूले पनि घरमै बसेर प्रतियोगिताको अवलोकन गर्न सक्नेछन् ।
धार्मिक आस्था, स्थानीय परम्परा, खेलकुद र सांस्कृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना गरिएको शान्तिपुरको दुर्गा मेला यस वर्ष विभिन्न कार्यक्रमका कारण थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग