दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा ।
दुधमती मिडिया प्रा.लि.द्वारा सञ्चालित दुधमती एफ.एम. १०४ मेगाहर्ज र दुधमती टेलिभिजनको फेसबुक पेजबाट एकसाथ प्रसारित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता महासंग्रामको नकआउट चरणको दोस्रो दिनको प्रतिस्पर्धाबाट विदा भएका श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवाबजारका छात्र तथा छात्रालाई सम्मान सहित विदाई गरिएको छ ।
प्रतियोगिताबाट विदा भएका विद्यार्थीहरूलाई नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी निकिता मिश्रको हातबाट सम्मान सहित विदाई गरिएको हो । विद्यार्थीहरूलाई आगामी दिनमा पनि अध्ययन तथा ज्ञानको क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान सहित विदाई गरिएको आयोजक दुधमती मिडिया प्रा.लि.ले जनाएको छ ।
जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीबीच ज्ञान, क्षमता र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै सञ्चालन भइरहेको हाजिरी जवाफ प्रतियोगिता महासंग्राममा नकआउट चरणअन्तर्गत विभिन्न विद्यालयबीच प्रतिस्पर्धा भइरहेको छ ।
यसैबीच प्रतियोगिताको नकआउट चरणको तेस्रो दिन आश्विन ६ गते श्री माध्यमिक विद्यालय दिगम्बरपुर र अष्टाबक्र बोर्डिङ स्कुल, महेन्द्रनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता दुधमती एफ.एम. १०४ मेगाहर्ज तथा दुधमती टेलिभिजन फेसबुक पेजबाट एकसाथ प्रसारण हुने भएकाले दर्शक तथा श्रोताहरूलाई प्रतियोगिता हेर्न तथा सुन्न आयोजकले आग्रह गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग