दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् ।
उनीहरूले आफ्नो नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन् । पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा तथा सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निर्णय गरिएको जनाइएको छ ।
नयाँ राजनीतिक शक्तिको रूपमा अघि बढ्ने उद्देश्यसहित गठन गरिएको उक्त पार्टीलाई वैधानिक मान्यता दिलाउन उनीहरूले साउन २८ गते निर्वाचन आयोग नेपाल मा दल दर्ताका लागि जाने तयारी गरेका छन् ।
राप्रपा परित्याग गरेपछि दुवैले अलग राजनीतिक अभियान सञ्चालन गर्दै आएका थिए । अब उनीहरूले नयाँ दलमार्फत आफ्नो राजनीतिक एजेन्डा र कार्यक्रम अघि बढाउने बताएका छन् ।
पार्टीको औपचारिक घोषणा, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत जानकारी दल दर्ता प्रक्रियापछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग