दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,धनुषा
तराई–मधेश क्षेत्रमा किसानहरू मल अभावका कारण खेतीपाती प्रभावित भइरहेको बेला धनुषाको धनुषाधाम नगरपालिका–५, नैसय विगहाटोलस्थित एक गोदामबाट सयौं बोरा मल फेला परेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।
स्थानीयका अनुसार लामो समयदेखि गोदाममा ठूलो परिमाणमा मल लुकाएर राखिएको आशंका भइरहेका बेला स्थानीयवासीहरू भेला भई कोदालो प्रयोग गरेर गोदामको ताला फुटाएका थिए । ताला खोल्ने क्रममा गोदामभित्र सयौं बोरा मल भण्डारण गरिएको अवस्थामा भेटिएको दाबी गरिएको छ ।
तराईका विभिन्न जिल्लामा किसानहरूले समयमा मल नपाएर धान तथा अन्य बाली लगाउन कठिनाइ भोगिरहेका बेला ठूलो परिमाणमा मल गोदाममा थन्काएर राखिएको दृश्य देखेपछि स्थानीयले कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन ्।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग