काठमाडौं , नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घट्दै २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ एकैदिनमा उल्लेख्य रूपमा ओरालो लागेको हो। यसअघि गत बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।गत बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ।
मुख्य तथ्यहरूः
सुन प्रतितोलाः २ लाख ९१ हजार ८०० रुपैयाँ (१० हजार १०० रुपैयाँ घट्यो)
चाँदी प्रतितोलाः ४ हजार ७४० रुपैयाँ (१८५ रुपैयाँ घट्यो)
अघिल्लो दिन सुनः ३ लाख १ हजार ९०० रुपैयाँ
अघिल्लो दिन चाँदीः ४ हजार ९२५ रुपैयाँ

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग