नवलपरासी (पूर्व), पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार गएराति कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ८८ना ५ ख १७५७ नम्बरको ट्रक८८मा ८८ग १० प २२८७ नम्बरको मोटरसाइकल८८ ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार ८८मध्यविन्दु नगरपालिका–१, नवलपुरका ५१ वर्षीय ओमनारायण गुरौ८८को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्का ले जानकारी दिएका छन्। यस्तै, मोटरसाइकल चालक ८८भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव८८ गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेज मा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech