दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर, धनुषा
धनुषाको महेन्द्रनगर स्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा एन.आई.सी. एशिया बैंक लिमिटेड महेन्द्रनगर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकका शाखा प्रमुख उत्सुक श्रेष्ठको पहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष जिवछ मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश झा, राम पुकार यादव लगायतका सदस्य, समाजसेवी विरेन्द्र मण्डल, डोमा मुखिया, वडा सचिव अनिल झा, प्रधानाध्यापक ममता पण्डित तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका १३८ जना छात्रछात्राहरुलाई स्कुल ब्याग, जियोमेट्री बक्स, कापी, पेन्सिल, कटर, इरेजर लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश झाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सहभागीहरुले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विपन्न तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै बैंक तथा सामाजिक संघसंस्थाले शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
विद्यालय प्रशासनले एन.आई.सी. एशिया बैंकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग