महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.९ स्थित ओम शान्ति भवनको शिलान्यास सम्पन्न भएको छ । उक्त भवनको नगर प्रमुख सुखदेव यादव ले विधिवत् पुजापाठ गरी शिलान्यास गर्नुभएको हो । वडा नं.९ को वडा स्तरीय बजेटबाट निर्माण हुन लागेको उक्त भवनको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले महेन्द्रनगर स्थित ओम शान्ति भवन नगर स्तरीय बजेटबाट निर्माण भइरहेको जानकारी दिनुभयो । साथै उहाँले वडा नं.९ मा निर्माण हुन लागेको नयाँ भवनका लागि आगामी दिनमा नगरस्तर बाट समेत थप बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आध्यात्मिक तथा सामाजिक गतिविधिका लागि यस्ता संरचनाले समुदायलाई सकारात्मक सन्देश दिने उल्लेख गर्दै नगरपालिकाले धार्मिक तथा सामाजिक संस्थाको पूर्वाधार विकासमा आवश्यक सहयोग गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडा नं.९ का वडा अध्यक्ष अवध किशोर यादव, ओम शान्ति महेन्द्रनगर शाखाकी गुलावो दिदि लगायत स्थानीय ओम शान्तिसँग आवद्ध दिदीबहिनी तथा भाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयवासीहरूले भवन निर्माणपछि आध्यात्मिक कार्यक्रम, ध्यान तथा सामाजिक गतिविधि सञ्चालनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech