दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव ले अशक्त तथा असहाय वृद्धवृद्धाहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने विषयमा पहल गर्ने संकेत गरेका छन् ।
नगर क्षेत्रभित्र घरदैलो भ्रमणका क्रममा अशक्त वृद्धवृद्धाको अवस्था नजिकबाट अवलोकन गरेपछि उनले हालको कार्यालयीय प्रक्रिया र समयअनुकूलता मिलाउन सकिएमा यस्तो व्यवस्था लागू गर्न प्रयास गर्ने बताएका हुन् ।
नगर प्रमुख यादवले भने, “घर–घर पुगेर अशक्त वृद्धवृद्धाको अवस्था हेर्दा वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता घरमै पुगेको भए अझ राम्रो हुन्थ्यो । कार्यालयको प्रक्रिया र समय अनुकूल भयो भने यस विषयमा प्रयास गर्नेछु ।
स्थानीयवासीहरूले भने यस्तो व्यवस्था लागू भएमा अशक्त जेष्ठ नागरिकलाई निकै सहज हुने प्रतिक्रिया दिएका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग