महेन्द्रनगर, निर्माण सामग्री तथा रंग व्यवसाय क्षेत्रमा सक्रिय एती पेन्टस द्वारा आयोजित ठेकेदार तथा पेन्टर भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत सपही स्थित एक होटलमा आयोजित कार्यक्रममा स्थानीय ठेकेदार, पेन्टर, डिलर तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले एती पेन्टसका उत्पादन, गुणस्तर, बजार व्यवस्थापन तथा सेवा सम्बन्धी विभिन्न सुझाव र गुनासो राखेका थिए । सहभागीहरुले रंगको टिकाउपन, उपलब्धता, बजार मूल्य तथा ग्राहकको माग अनुसार सेवा प्रभावकारी बनाउनुपर्ने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए । स्थानीय राजाराम हार्डवेयरका संचालक आशाराम यादवको पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा एती पेन्टस हेटौंडा शाखाका म्यानेजर प्रकाश बस्नेत सहित कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनी र उपभोक्ताबीच प्रत्यक्ष संवाद गराउँदै व्यवसायलाई अझ प्रभावकारी बनाउने उद्देश्य रहेको आयोजकले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै एती पेन्टसका म्यानेजर प्रकाश बस्नेतले कम्पनीले ग्राहक र व्यवसायीको सुझावलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, “हामी गुणस्तरीय उत्पादनसँगै उपभोक्ताको विश्वास जित्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं । बजारबाट आएका सुझावलाई समेटेर सेवा थप प्रभावकारी बनाउनेछौं । त्यस्तै स्थानीय राजाराम हार्डवेयरका संचालक आशाराम यादवले यस्ता कार्यक्रमले व्यवसायी, पेन्टर र कम्पनीबीच सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे । उनले भने, “स्थानीय स्तरमा काम गर्ने पेन्टर र ठेकेदारका अनुभव तथा सुझाव कम्पनीसम्म पुग्दा सेवा र गुणस्तर सुधारमा ठूलो मद्दत पुग्छ । कार्यक्रममा सहभागी पेन्टर तथा ठेकेदारहरुले पनि कम्पनीसँग प्रत्यक्ष छलफल गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । उनीहरुले आगामी दिनमा पनि यस्ता अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech