महेन्द्रनगर, क्षीरेश्वरनाथ नगरपालिका ले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरुलाई शिक्षा नियमावली अनुसार विद्यार्थी भर्ना तथा कक्षाकोठा व्यवस्थापन गर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा शिक्षा नियमावली २०७९ अनुसार प्रत्येक कक्षामा न्यूनतम २२, अधिकतम ४४ तथा औसत ३३ विद्यार्थी संख्या कायम गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी विद्यालयले प्रयोग गर्ने सवारी साधनमा सिट क्षमता भन्दा बढी विद्यार्थी नराख्न समेत आग्रह गरिएको छ । नियम विपरीत विद्यार्थी संख्या व्यवस्थापन तथा यातायात सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिका गम्भीर बनेको जनाएको छ । नगरपालिकाले शिक्षा ऐन तथा नियमावली विपरीत कार्य नगर्न चेतावनी दिँदै सबै संस्थागत विद्यालयलाई निर्धारित मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech