काठमाडौं , जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभावका कारण देशभर मौसम प्रभावित हुने देखिएको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने भएकाले सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सबैलाई आग्रह गरेको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग