बुटवल, कपिलवस्तुको महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस आज बिहान करिब सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटनामा परेको नेपाल प्रहरी ले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम तथा अन्य १७ जनाको अवस्था सामान्य रहेको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्ट ले जानकारी दिएका छन्। घाइते सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech