महेन्द्रनगर, धनुषा जिल्लाको चित्रपुर स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ५०औँ स्थापना दिवसको अवसरमा स्वर्णजयन्ती समारोह भव्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यालयको स्थापनाकाल देखि हालसम्म योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, पूर्व तथा वर्तमान प्रधानाध्यापकहरू, शिक्षकहरू तथा चन्दादाताहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियो । विद्यालयको शैक्षिक विकास र संरचनागत विस्तारमा उनीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समारोह राजकिशोर महतो को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा हरिनारायण महतो, शारदा देवी पहाडी, रामशिष महतो तथा वयोवृद्ध नेता वौएलाल महतो लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै श्री लक्ष्मी माविले विगत ५० वर्षमा पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनीहरूले आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज रूपान्तरणमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । यसै अवसरमा विद्यालय परिसरमा “स्वर्ण स्मारक” निर्माण गरिएको जानकारी वडा अध्यक्ष अशोक महतो ले दिएका छन ्। स्मारकले विद्यालयको इतिहास र योगदानलाई दीर्घकालीन रूपमा सम्झना गराउने विश्वास गरिएको छ । स्वर्णजयन्ती समारोहमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech