महेन्द्रनगर, धनुषा धनुषा क्षेत्र नं. १ मा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गरी स्थानीय अगुवा तथा कार्यकर्ताहरू नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नं. १ अन्तर्गत आयोजित एक कार्यक्रममा महाविर ठाकुर, राम सेवक कापर, धनेश्वर राय, रत्न ठाकुर लगायतका व्यक्तिहरू औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई धनुषा क्षेत्र नं. १ का नेपाली कम्यूनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मातृका प्रसाद यादवले टीका, माला र अबिर लगाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै यादवले देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता औंल्याउँदै जनताको विश्वास र अपेक्षाअनुसार पार्टी अघि बढिरहेको बताए । उनले विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्दै धनुषा क्षेत्र नं. १ लाई समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । “जनताको अधिकार, सम्मान र समृद्धिका लागि हाम्रो अभियान हो । यस अभियानमा आज विभिन्न पार्टी त्यागेर आउनुभएका साथीहरूको साथले अझ ऊर्जा थपिएको छ,” उनले भन े। पार्टी प्रवेश गर्ने नेताहरूले पुराना पार्टीहरूमा आफूहरूको योगदानको उचित कदर नभएको तथा स्थानीय मुद्दाहरू ओझेलमा परेको गुनासो गर्दै जनताको हितका लागि अब नेपाली कम्यूनिष्ट पार्टीमार्फत सक्रिय हुने बताएका छन् । उनीहरूले मातृका प्रसाद यादवको नेतृत्वमा क्षेत्रको समग्र विकास सम्भव रहेको विश्वास व्यक्त गरे ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech