महेन्द्रनगर, धनुषा पर्सा जिल्ला क्षेत्र नम्बर ४ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अरुन कुशवाहा नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन । पूर्व प्रहरी निरीक्षकको रूपमा लामो समयसम्म सेवा गरिसक्नुभएका कुशवाहाले अनुशासन, इमान्दारिता र कर्तव्यनिष्ठाका आधारमा आफूलाई स्थापित गर्दै अब राजनीतिक यात्रामा होमिनुभएको हो । नेपाल जनता पार्टी ले यस पटक पर्सा क्षेत्र नं. ४ मा नयाँ अनुहार र स्वच्छ छविका उम्मेदवार अघि सारेको बताएको छ । पार्टीका अनुसार कुशवाहाको उम्मेदवारी सुशासन, पारदर्शिता र विकासमुखी नेतृत्वको प्रतिबद्धता सहित आएको हो । पार्टीको चुनाव चिन्ह कमल छाप रहेको छ । उम्मेदवार कुशवाहाले पर्सा क्षेत्र नं. ४ को समग्र विकास, रोजगारी सृजना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीलाई चाहिएको नेतृत्व नारा होइन, कामबाट प्रमाणित हुने हुनुपर्छ । म प्रहरी सेवामा रहँदा जस्तै इमान्दारिता र निष्ठाका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । स्थानीय मतदातामाझ पनि इमान्दार र निडर छविका उम्मेदवारका रूपमा उहाँको चर्चा भइरहेको समर्थकहरू बताउँछन् । उनीहरूका अनुसार कुशवाहाले सुरक्षा निकायमा रहँदा देखाएको दृढता र निष्पक्षता अब संसदमा पनि देखिने विश्वास गरिएको छ । नेपाल जनता पार्टीका स्थानीय नेताहरूले क्षेत्र नं. ४ मा विगतका वर्षहरूमा अपेक्षाअनुसार विकास हुन नसकेको दाबी गर्दै अब परिवर्तन आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कुशवाहाको उम्मेदवारीले युवाशक्ति, अनुशासन र सकारात्मक सोचलाई प्रतिनिधित्व गर्दछ । उम्मेदवार कुशवाहाले मतदातालाई अपिल गर्दै भन्नुभयो, “यो पटकको जनमत भविष्य सुरक्षित हातमा सुम्पिने निर्णय हुनुपर्छ । पर्सा क्षेत्र नं. ४ को समृद्धिका लागि कमल छापमा मतदान गरी परिवर्तनको यात्रामा साथ दिनुहोस् । आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. ४ मा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ भने नेपाल जनता पार्टीले ‘कमल छाप’मार्फत जनताको विश्वास जित्ने दाबी गरेको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech