महेन्द्रनगर, धनुषा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग परिचालित भएका छन् । मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरीले लिनेछ । बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहनेछ । सेनाले आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा करिब ८० हजार जनशक्ति परिचालन गरेको जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने स्वीकृति दिएका हुन् । निर्वाचनमा देशभर एक करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech