महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट वडा सदस्य बनेका मुस्तफा नदाफ, नेपाली कांग्रेसका सक्रिय सदस्य पुरसोतम विक्रम खाँड तथा समाजसेवी इजलाईल नदाफ लगायतका यूवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशी यूवाहरुलाई धनुषा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रघुविर महासेठले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा नगर प्रमुख सुखदेव यादव, नगर अध्यक्ष अनिल चौधरी तथा वडा नम्बर ३ का वडा अध्यक्ष प्रत्यासी विनय साहले संयुक्त रुपमा फुलमाला लगाई नव प्रवेशीहरुलाई पार्टीमा स्वागत तथा शुभकामना व्यक्त गरे । उपस्थितहरुको विच प्रतिनिधि सभा सदस्य उम्मेदवार रघुविर महासेठले मुलुकलाई स्थायित्व, विकास र सुशासनको दिशामा अघि बढाउन नेकपा एमाले एकमात्र भरपर्दो शक्ति भएको दाबी गरे । उनले युवाहरुको सहभागिताले पार्टी थप सशक्त बन्दै गएको उल्लेख गर्दै क्षिरेश्वरनाथ नगरपालिकाको समग्र विकासका लागि एमाले प्रतिबद्ध रहेको बताए । पार्टी प्रवेश गरेका वडा सदस्य मुस्तफा नदाफ, पुरसोतम विक्रम खाँड तथा समाजसेवी इजलाईल नदाफले एमालेको नीति, कार्यक्रम र नेतृत्वप्रति आकर्षित भई पार्टीमा प्रवेश गरेको बताएका छन् । उनीहरुले क्षिरेश्वरनाथ नगरपालिकाको विकास र परिवर्तनका लागि एमालेको हात मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech