धनुषा,महेन्द्रनगर धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ देवकोटोल निवासी इन्द्र बहादुर कोइराला नेपाल आर्मीमा नाम निकाल्न सफल भएका छन् । उनको यो सफलताप्रति खुशी व्यक्त गर्दै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो (मोदी) ले वडाकार्यालयमै दोसल्ला ओढाएर सम्मान तथा बधाई ज्ञापन गरेका छन् । वडाअध्यक्ष महतोले इन्द्र बहादुर कोइरालाको सफलताले वडा र नगरपालिकाको गौरव बढाएको बताउँदै अनुशासन, मेहनत र लगनशीलताले नै यस्तो उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे । साथै, उनले आगामी दिनमा राष्ट्रसेवामा इमान्दारितापूर्वक योगदान दिन शुभकामना व्यक्त गरे ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech