अर्घाखाँचीको शितगंगा नगरपालिकामा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार तथा विस्फोटक पदार्थ फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको गस्ती टोलीले बिहान करिब १० बजे शितगंगा नगरपालिका वडा नम्बर ११ बोक्से क्षेत्रमा ती सामग्री फेला पारेको हो ।
प्रहरीका अनुसार फेला परेका हातहतियार तथा विस्फोटक पदार्थको प्रकृति र सङ्ख्याबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ । घटनास्थललाई सुरक्षित राख्दै आवश्यक सतर्कता अपनाइएको र विस्फोटक पदार्थ निष्क्रिय पार्न सम्बन्धित प्राविधिक टोलीको सहयोग लिने तयारी गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म ती सामग्री कसले, कहिले र कुन उद्देश्यले राखेको हो भन्ने खुलेको छैन । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग