महेन्द्रनगर, धनुषा
मेट लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ४० औं एजेन्सी कार्यालय महोत्तरी जिल्लाको बर्दिबाँस नगरपालिका वडा नम्बर–१, बर्दिबाँसमा औपचारिक रूपमा स्थापना तथा उद्घाटन गरिएको छ । बर्दिबाँस क्षेत्र र आसपासका नागरिकलाई जीवन बीमासम्बन्धी सेवा अझ सहज, सुलभ र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्य सहित उक्त एजेन्सी कार्यालय सञ्चालनमा ल्याइएको हो ।
नयाँ एजेन्सी कार्यालयको उद्घाटन बर्दिबाँस शाखाका व्यापार समन्वयकर्ता उदय मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेट लाइफ इन्सुरेन्सका भि.पि.जि.एम. निर्मल काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । प्रमुख अतिथि श्रेष्ठले रिबन काटेर कार्यालयको समुद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले मेट लाइफ इन्सुरेन्सले विगत दुई दशकदेखि नेपाली बीमा बजारमा विश्वसनीय, दिगो र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले बर्दिबाँसमा ४० औं एजेन्सी कार्यालय स्थापना हुनु कम्पनीका लागि मात्र नभई स्थानीय बासिन्दाका लागि पनि महत्वपूर्ण उपलब्धि भएको बताउँदै जीवन बीमाले भविष्यको आर्थिक जोखिम न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले अभिकर्ता र कर्मचारीको सक्रियताले बीमा सचेतना बढाउँदै आर्थिक सुरक्षाको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेट लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले कम्पनीको वितरण सञ्जाल विस्तार, अभिकर्ता सशक्तिकरण तथा ग्राहक सेवामा गरिएको सुधारका बारेमा जानकारी गराउनुभयो । उहाँले नयाँ एजेन्सी कार्यालयले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै बीमा सेवाको पहुँच ग्रामीण तहसम्म पु¥याउने लक्ष्य लिएको बताउनुभयो ।
यस्तै, एजेन्सी निर्देशक अनिन्द्र राज श्रेष्ठले मेट लाइफ इन्सुरेन्सको एजेन्सी मोडेल, अभिकर्ताको भूमिका र दीर्घकालीन रणनीतिबारे चर्चा गर्नुभयो । कोसी प्रदेश प्रमुख रितेन्द्र कार्की र मधेश प्रदेश प्रमुख संजय चौधरीले प्रदेशस्तरमा बीमा सेवाको आवश्यकता र सम्भावनाबारे धारणा राख्दै बर्दिबाँस एजेन्सी कार्यालयले मधेश प्रदेशमा बीमा सचेतना अभिवृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एजेन्सी कार्यकारी सुनिल ठाकुर, युनिट एकाइ प्रबन्धक आशिका गिरीलगायत मेट लाइफ इन्सुरेन्सका अधिकारी, अभिकर्ता, स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले मेट लाइफ इन्सुरेन्सले प्रदान गर्ने विभिन्न जीवन बीमा योजनाहरू, बचत तथा सुरक्षा कार्यक्रमबारे जानकारी दिँदै स्थानीय नागरिकलाई बीमाप्रति आकर्षित हुन आग्रह गरेका थिए ।
कार्यक्रमको समापन गर्दै युनिट एकाइ प्रबन्धक आशिका गिरीलले बर्दिबाँस एजेन्सी कार्यालयलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ कार्यालयले बीमा सेवामार्फत आर्थिक सुरक्षा, बचत संस्कार र आत्मनिर्भर भविष्य निर्माणमा स्थानीय समुदायलाई सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि, कर्मचारी र सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग