मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यसूची रहेको छ। यसका लागि मुख्यमन्त्री यादवले यसअघि नै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए। मुख्यमन्त्री यादव गत मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री बनेको १५ दिनपछि उनी विश्वासको मत लिन लागेका हुन्। संविधान अनुसार मुख्यमन्त्रीले पद सम्हालेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech