नेकपा एमालेको जारी मतगणनामा पछिल्लो अपडेट सार्वजनिक गरिएको छ। पार्टी स्रोतका अनुसार हालसम्म अधिकांश मेसिनको चिप्स निकाल्ने काम सम्पन्न भइसकेको छ भने अझै १० वटा मेसिनको चिप्स निकाल्न बाँकी रहेको छ।
बाँकी मेसिनको चिप्स निकाल्ने प्रक्रिया पूरा भएपछि सबै पदको अन्तिम नतिजा एकैसाथ सार्वजनिक गरिने एमालेले जनाएको छ। मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन समय लागे पनि एकैपटक परिणाम सुनाउने निर्णय गरिएको बताइएको छ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताहरूको चासो उच्च देखिएको छ। पार्टी नेतृत्व चयनका लागि भएको यस निर्वाचनको नतिजाले एमालेको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech