दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाडौं – नेपाल कुशवाहा कल्याण समाज, उपत्यका कार्य समिति, काठमाडौँ–नेपालको आयोजनामा ३४औं स्थापना दिवस, साधारण सभा तथा लवकुश जयन्ती समारोह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल साउन २५ गते शनिबार काठमाडौंको विभिन्न स्थानबाट आएका समाजका सदस्य, पदाधिकारी र अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो।
समारोहमा निबन्ध प्रतियोगिता, सम्मान तथा प्रशंसा–पत्र वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो।कार्यक्रमको अध्यक्षता उपत्यका अध्यक्ष श्री निरञ्जन महतोको अध्यक्षतामा तथा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय कार्य समिति अध्यक्ष श्री राकेश मेहता को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समुदायको एकता, सामाजिक उत्थान र सांस्कृतिक संरक्षणमा समाजको भूमिका बारे वक्ताहरूले विचार राखेका थिए।
उपत्यका कार्य समितिका अध्यक्ष निरञ्जन महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका योगदानकारी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा लवकुश जयन्तीको अवसरमा ऐतिहासिक तथा सांस्कृतिक महत्वका विषयहरूमा चर्चा गरिएको थियो।
नेपाल कुशवाहा कल्याण समाजले स्थापनाको ३४ वर्ष पूरा गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, सामाजिक चेतना र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग