महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ मा आज एक महत्वपूर्ण सिँचाई परियोजना अन्तर्गत सिँचाई बोरिङ्गको शिलान्यास सम्पन्न भएको छ । उक्त शिलान्यास नगरपालिकाका नगर प्रमुख सुखदेव यादवद्वारा एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरिएको हो ।
कृषि उत्पादनलाई वृद्धि गर्ने र किसानलाई सिँचाईको सहज पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले यो बोरिङ्ग परियोजना अघि सारेको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, किसान, बृद्धबृद्धा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले भने, “क्षिरेश्वरनाथ नगरपालिकाको कृषि क्षेत्रलाई समृद्ध बनाउने हाम्रो प्रतिबद्धता हो । सिँचाई सुविधाको विस्तार मार्फत हामी उत्पादन बढाउने र कृषकको आय वृद्धि गर्ने लक्ष्यमा अघि बढिरहेका छौं । किसानमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप सिँचाई परियोजना सञ्चालन गरिनेछ ।
उक्त परियोजनाले विशेष गरी वडा नम्बर ८ का धान, तरकारी तथा अन्य बाली उत्पादन गर्ने किसानहरूलाई सिँचाइमा सहजता पु¥याउने विश्वास लिइएको छ ।
स्थानीय कृषकहरू पनि बोरिङ्ग शिलान्यासप्रति खुसी व्यक्त गर्दै यसले आफूहरूको खेती व्यवस्थित गर्न सहयोग पुग्ने जनाएका छन् । नगरपालिकाले यसअघि वडा नम्बर ७ र ९ मा पनि यस्ता परियोजनाहरू सञ्चालन गरिसकेको छ । आगामी दिनमा अन्य वडामा समेत सिँचाई पूर्वाधार विस्तार गरिने नगर प्रमुखले बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग