महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ मा निर्माण हुन लागेको दईटा सिँचाई बोडिङ्ग योजनाको नगर प्रमुख सुखदेव यादव द्धारा शिलान्यास गरिएको छ । स्थानीय कृषकहरूको सिँचाई समस्यालाई समाधान गर्ने उद्देश्यले सो योजनाको सुरुआत गरिएको हो । शिलान्यास समारोहमा उपस्थित नगर प्रमुखले कृषि क्षेत्रलाई प्रविधियुक्त र उत्पादनमुखी बनाउन नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । “स्थानीय स्तरमा कृषकहरूले भोग्दै आएको सिंचाइ अभाव समाधान गर्ने हाम्रो प्रयास हो । उक्त कार्यक्रममा नेकपा (एमाले) क्षिरेश्वरनाथ नगर कमिटी अध्यक्ष अनिल चौधरीले कृषिमा आत्मनिर्भरता विकास गर्न यस्ता पूर्वाधार योजनाहरू अत्यन्तै महत्वपूर्ण हुने बताए । “कृषकहरू वर्षौंदेखि सिँचाइको समस्या झेलिरहेका छन् । यो योजना केवल एक विकासको ढोका मात्र होइन, कृषकको जीवनस्तर उकास्ने आधार हो । यस्ता परियोजनामा सबै राजनीतिक दल र स्थानीयवासीको साझा प्रतिबद्धता आवश्यक छ । स्थानीय कृषकहरुका अनुसार यस योजनाबाट आफूहरूलाई धेरै राहत पुग्ने विश्वास व्यक्त गर्दै भने, “हामी वर्षा पानीमा मात्र निर्भर थियौं । अब यो सिँचाई योजनाले हाम्रो खेतीलाई निरन्तरता दिन सहयोग गर्नेछ । उक्त शिल्यानास कार्यक्रममा नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडा कमिटि अध्यक्ष वेचन यादव, स्थानिय नेता सखीचन यादव, पुर्व वडाअध्यक्ष राम किशुन यादव लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । योजना कार्यान्वयनमा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नगरिने प्रतिबद्धता नगर प्रमुखले जनाउनुभएको छ। आगामी महिनाभित्र निर्माण कार्य सुरु हुने जानकारी प्राविधिक समूहले दिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech