दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
गर्मी बढे सँगै धनुषा क्षिरेश्वरनाथ नगरपालिका वार्ड नम्बर ७ र ८ मा पानिको हहकार भइरहेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव पानी जोहो गर्न फिल्डमै एक्सनमा उत्रिएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका वार्ड नम्बर ७ को दुर्गाटोल स्थित राती करिब ९ बजे अलपत्र अवस्थामा रहेको डिप टयूबवेल संचालनमा ल्याउन मर्मत सम्भारको क्रममा उपस्थित नगर प्रमुख यादव नगरपालिकाको उत्तरी क्षेत्र दुर्गाटोल र दिगम्वरपुर गाउँमा पानी स्रोत सुकेको छ । ती दुवै गाउँमा रहेको चापाकल र इनार सुकेर पानी आउन बन्द भएको छ । जिवनको अर्को नाम हो पानी अहिले हाम्रो नगरको उत्तरी भेग वर्डा ७ र ८ मा बढि पानिको अभाव भइरहेको बेला ९ बजे राती मात्र के हामी १२ बजे राती पनि खटन त्यार रहेको बताए ।

अहिले हामी प्रत्येक टोल टोलमा अलपत्र अवस्थामा रहेको पुरानो बोडिङ्गलाई सफाई गरि पुन्ह सुचारु गरिरहेका छौ । प्राथमिकताका साथ विगत एक सातादेखि वारुण यन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उनले जानकारी दिए । नगरपालिकासँग खानेपानी ट्याङ्कर नभएकाले पानी वितरणका लागि वारुण यन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै नगर प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताए ।
उनले पानीको दीर्घकालीन समस्या समाधानसमेत जुटेको सुनाए । उनले भने–“दुर्गाटोल महादेव मन्दिर नजिक, मुसरीटोल र वार्ड कार्यालय अगाडी अलपत्र अवस्थामा रहेको डिप ट्युबवेल सञ्चालनमा ल्याएका छौ भने अर्को को खोजी र मर्मत सम्भारको काम भइरहेको बताए ।

त्यस्तै यही बस्तीमा २० लाख रुपैयाँको लागतमा एक थान नयाँ डिप ट्युबवेल र तीन वटा इनार खन्ने योजनामा काम भइरहेको छ ।” त्यस्तै, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको नगर प्रमुख यादवले बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग