महेन्द्रनगर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले १७ औं वार्षिकोत्सवको अवरमा रक्तदान कार्यक्रम गरेको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित शाखा कार्यालय रहेको बैंकले विहिवार विहान नियमित ग्राहक ८५ वर्षिय पुण्य प्रसाद रेग्मीको हाथबाट केक काटेर विधिवत कार्यक्रमको सुरुवाग गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला र ३५ पुरुष गरी जम्मा ३८ जनाले रक्तदान गरेको छ । विगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकवर्गको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका शाखा प्रवन्धक प्रकास प्रसाद अधिकारी, कर्मचारी आनन्द प्रसाद, स्थानिय ग्राहक, कर्मचारी लगायतले रक्तदान गरेको छ । हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकका कर्मचारी आनन्द प्रसादले जनकारी दिए । नेपाल राष्ट्र बैंकबाट ’क’ वर्गको ईजाजत पत्र प्राप्त नारायणहिटि पथ, काठमाण्डौं केन्द्रिय कार्यालय रहेको सिटिजन्स बैकंले हाल देशैभर ५५ जिल्लामा १९० वटा शाखा, १५२ वटा ATM, ३ एक्सटेनसन काउन्टर र ९७ वटा शाखा रहित बैंकिंग बाट सेवा दिदैँ आइरहेको र यसै आर्थक वर्षमा थप ७ शाखा विस्तार गरेर अगामी दिनमा देशको ६० वटा जिल्ला बाट सेवा प्रदान गर्ने लक्षय लिई सेवा दिँदै आएको यस बैकंको १७ औँ बार्षिकोत्सवको अवसरमा वैशाख महिना भरि लागु हुने गरि विभिन्न सेवा सुविधामा भारि छुट र क्यास व्याक लगायतका योजनाहरु ल्याएको शाखाले जनकारी दिए । योजना अनतर्गत डेविट–क्रेडिट कार्ड प्रयोगकर्ताहरुले POS मेसिन र अनलाईन मार्फत रु १००० वा बढिको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैँया सम्म क्यास व्याक पाउनेछन् । त्यस्तै QR कोड स्कयान गरि भुक्तानी गर्ने ग्राहकले रु ५०० वा बढिको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैँया सम्म क्यास व्याक पाउनेछन् । त्यसैगरि E–COM कार्ड प्रयोगकर्तालाई प्रोत्साहन गर्न E–COM कार्ड निशुल्क उपलब्ध गराउने र Demat खाता खोल्न निशुल्क व्यवस्था गरेको छ । साथै योजना अवधि भरि निष्क्रिय मोबाइल बैकिंग प्रयोगकर्ताहरुले सेवा सक्रिय गराँउदा एकमुष्ठ १५० रुपैयाको छुट प्राप्त गर्न सकिन्छ । तसर्थ बैंकको नजिकको शाखामा तथा बैकिंग रहित शाखामा सम्पर्क गरि लाभ लिनु हुन अनुरोध पनि गरेको छ । त्यसै गरि कर्जा तर्फ बैकंले व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई वित्तिय आवश्यकत्ता पुरा गर्न विभिन्न शिर्षकहरु जस्तै घरको सपना पुरा गर्न घर कर्जा, पठन –पाठन गर्न शिक्षा कर्जा, व्यक्त्तिगत कर्जा, व्यवसाय गर्न व्यावसायिक कर्जाहरु सस्तो र शुलभ व्याजदरमा उपलब्थ गराइने बताएका छन ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech