दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

१५ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय समितिको बैठक बस्न नसके पदबाट राजीनामा दिने बताएका छन् ।संघको तदर्थ समिति बनेको छ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकप्रति संस्थापनइतरले असन्तुष्टि जनाएपछि विवाद भएको छ । ‘कि केन्द्रीय समितिको बैठक बस्छ । बैठक बस्ने अवस्था नबने मेरो राजीनामा आउँछ,’ शेर्पाले अनलाइनखबरसँग भने ।समूहबीच समन्वय नगरी अध्यक्ष शेर्पाले जिल्लाहरुमा अध्यक्ष तोकेको भन्दै शेखर(गगन पक्षका संघका नेता कार्यकर्ताले विरोध गर्दै आएका छन् ।पूर्वाग्रह पूर्ण निर्णय गरिएको उक्त पक्ष आरोप छ । शेखर पक्षका विद्यार्थी नेताहरु मंगलबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । सभापति देउवाले संघका अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर कार्यक्रम गर्न निर्देशन दिएको शेखर पक्षका विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए ।७११ जनाको रहेको तदर्थ समितिको पहिलो बैठक तथा सम्मान कार्यक्रम आजका लागि निर्धारण गरिएको थियो । दुई पक्षबीच सहमति हुन नसक्दा बैठक हुनेरनहुने अन्योल कायमै छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग