महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको गोल्ड माइन्स मिडिया द्धारा संचालित इ न्यूज अफ नेसन अनलाइनका कार्यकारि सम्पादक रोहित खनाल (सम्रार्ट) लाई दुवर््यवहार गर्ने प्रहरीलाई करवाही गर्न आमसञ्चार प्राधिकरण जनकपुरधामले माग गरेको छ । आमसञ्चार प्राधिकरण जनकपुरधाम द्धारा निकालिएको प्रेस विज्ञप्तिमा गोल्डमाइन्स मिडिया प्रा.लि.बाट संचालित न्यूज अफ नेसन अनलाईनका संचालक क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी रोहित खनालले आफूलाई प्रहरीबाट दुव्र्यवहार भएको भनी यस आमसंचार प्राधिकरण जनकपुरधाममा लिखित जानकारी प्राप्त भएकोले दुव्र्यवहारको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । खेतीवारी सम्बन्धी विवादका कारण मिति २०८० माघ १३ गते आफू र परिवारमाथि भौतिक आक्रमणको धम्की आइरहँदा खनालले सो विषयमा जानकारी गराउन ईलाका प्रहरी कार्यालय महेन्द्रनगर जाँदा कार्यरत हवल्दार विरेन्द्र यादवले गालीगलौज गर्नु प्रहरीको आचरण विपरित कार्य भएको हाम्रो ठहर छ । सुरक्षा पाउने आशका साथ सेवा लिन गएका सेवाग्राहीलाई यस्तो व्यवहार गर्नु संविधानको मर्म विपरित कार्य भएकोले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलार्य हदैसम्मको कारवाही गर्न आमसंचार प्राधिकरण सम्वन्धित निकाय संग माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । माघ १३ गते शनिवार विहान आफ्नो खेतिवारि सम्बन्धी समस्या बारे निवेदन दर्ता गराउन जादा प्रहरी हल्दार यादवले गाली गलौच गर्दै दुर्व्यवहार गरेको छ । पीडित पत्रकार सम्राटको अनुसार आफू र आफ्नो परिवार प्रति वारम्बार भौतिक आक्रमणको धम्की आउदै गर्दा शान्ति सुरक्षा पाउँ भनि निवेदन दर्ता गराउन इप्रका पुगेको बेला हल्दार यादवले अपशब्द प्रयोग गर्नुको साथै कुटपिट गरि प्रहरी विट वाहिर निकाल्ने वरवरतापूर्ण धम्की दिएका हुन् । हबल्दार यादवले आफूलाई हातपात गर्ने प्रयास समेत गरेको तर इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्ष दिपक कार्कीले रोकेपछि आफू जोगिएको बताए । उनले घटना हुँदा प्रनि कार्की त्यहि उपस्थित भएको बताए । यसरी दुर्व्यवहार गर्ने प्रहरीलाई कवार्हीको लागी नेपाल पत्रकार महासंघ धनुषा र पत्रकारीता विकास प्रतिष्ठानले अगाडी नै विज्ञप्ती निकालेको छ । सर्वसाधारण या कुनै पनि नागरीक आफू पीडित हुँदा न्यायको लागि प्रहरी प्रशासन समक्ष पुग्छन् भने उनको निवेदन दर्ता गरी सोधपुछ गरी छानबिन गर्नु पर्नेमा उल्टै दुर्व्यवहार गर्नु पदयीय दायित्व बिर्सेर नागरीक माथि संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ स्वतन्त्रताको हक माथि प्रहार भएको ठहर गर्दै दोषि उपर कारबाहीको माग गरिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech