महेन्द्रनगर,
भारतको उत्तर प्रदेश स्थित अयोध्यामा सोमबार भएको राममन्दिर प्राण प्रतिष्ठाको सुखद अवसरमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका नेपाल सनातन हिन्दुधर्म संरक्षण समिति परिवार द्धारा करिब पच्चिस सय साधुसन्तलाई भोजन गराएका छन ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर जैसीबावा धर्मशलामा पुर्व घोषित सुचना अनुसार माघ ७ गते अष्टयाम, माघ ८ गते शोभा यात्रा र त्यही दिन ३ बजे देखि सन्त भण्डारा र साँझ ६ बजे दिप प्रज्वलन सहितको कार्यक्रम विधिवत सम्पन्न भएको समितिका कोषाध्यक्ष इन्द्र कान्त झाले जनकारी दिए ।

क्षिरेश्वरनाथ नगरपालिका नेपाल सनातन हिन्दुधर्म संरक्षण समितिका अध्यक्ष जयनाथ ठाकुर, उपाध्यक्ष महेन्द्र महतो, सचिव रविन्द्र कुशवाहा, कोषाध्यक्ष इन्द्रकान्त झा, सदस्यहरु राज कुमार यादव, अजोधी महराजी, शिवजी साह लगायतको अर्थक प्रयास र हिन्दुधर्मप्रतिको आस्था राख्ने सहयोगीहरुले गर्दा हाम्रो दुईदिने कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको समितिले बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग