८ माघ, काठमाडौं । पूर्व(पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका(९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका(२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उक्त बस बर्दियाबाट काठमाडौं आउँदै थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ ।गत पुस २७ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस दाङको राप्ती गाउँपालिका(१ भालुबाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech