महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेपाल कुशवाहा काल्याण समाज धनुषा द्धारा मधेशमा कुशवाहा समाजको समाजिक, आर्थिक र राजनितिक अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संगठित कुशवाहा समृद्ध समाज नारा सहित क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर जैसीबावा धर्मशलामा कार्यक्रमको आयोजना गरिएको नेपाल कुशवाहा काल्याण समाज धनुषाले जनकारी दिएका छन । नेपाल कुशवाहा कल्याण समाज धनुषा जिल्ला कार्यसमिति अध्यक्ष योगेन्द्र महतोको अध्यक्षता र प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोको प्रमुख आतिथयमा आयोजित एक कार्यक्रम विच प्रशिक्षक अर्जुन कुशवाहा र कालेश्वर महतो द्धारा कुशवाहा समाजको समाजिक, आर्थिक र राजनितिक अवस्था वारे प्रकाश पारेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी महतो कुशवाहा समाजमा देखिएको अवस्था बारे जनकारी दिँदै आफूले अनुभव गरेका कुराहरु उपस्थित कुशवंशीहरुमा सुनाउँदै अगामी दिनमा दक्ष अनुभवी कार्यसमिति गठन गर्न पनि सुझाव दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथी मधेश प्रदेश सांसद हरि नारायण महतो, अतिथीहरु सुकुम्वासी आयोगका जिल्ला सदस्य राम कुमारी महतो, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा विभिन्न ओहदामा बसी समाज र कुशवंशी समाजको हितका लागी काम गर्दै गरेका कुशवन्शीहरुलाई सम्मान पनि गरिएको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग