महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित संचालनमा रहेको गंगोत्री बोडिङ्ग स्कुलका संचालक गणेश साह द्धारा चिसोबाट प्रभावित अति विभिन्न परिवारलाई बल्याङकेट वितरण गरिएको छ । धनुषा वटेश्वर गाउँपालिकाका स्थानीय समेत रहेका साहले वटेश्वर गाउँपालिकामा बसोवास गर्ने अति विपन्न परिवारलाई बल्याङकेट वितरण गर्दै वास्तविक गरिव विपन्न परिवार कसैको नजरमा छ भने आफूलाई सम्पर्क गर्न आग्रह पनि गर्नुभयो । विपन्न अशक्त असहायलाई जाडोबाट बच्नका निम्ति करिब २५ जनालाई बल्याङकेट वितरण गरेको र यो क्रम जारी रहेको बताए । करोना कालमा पनि अति विपन्न घर परिवारलाई विभिन्न किसिमको सहयोग गर्दै आएका साह समाजिक उत्तरदायी बुझी आफनो कतव्र्य निवार्ह गरेको र आउने दिनमा पनि समाजको लागी आफनो सहयोग जारी नै रहने बताएका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech