६ पुस, काठमाडौं । संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताएका थिए ।
त्यसबारेमा उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । त्यसकै आधारमा उनीमाथि कारबाहीको तयारी भएको सचिवालय श्रोतले जनाएको छ । उनीमाथि संघीय संसद सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार कारबाही गर्ने तयारी छ । यो दफा अनुसार कारबाही भएमा उनको २ वर्षदेखि ५ वर्षसम्म बढुवा वा तलबवृद्धि रोक्का हुने छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग