४ पुस, काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘सरकार गठनको करिव एक वर्ष सामान्य समीक्षा, कामलाई गति दिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवको प्रस्तुती थियो’ उनले भनिन् ।उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech