३ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ । आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०÷१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको प्रहरीले जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech