पुस २ महेन्द्रनगर,
सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको मुख्यदिन आईतबार तेली कल्यान समाज नेपाल धनुषा द्धारा करिब १६ हाजार साधुसन्तलाई निःशुल्क भोजन गराएका छन ।
तेली कल्यान समाज नेपाल धनुषाका अध्यक्ष ललित साहका अनुसार विवाहपञ्चमीको मुख्य आकर्षक स्वम्वर हुने स्थान बारह विगहामा वर्षौ देखि राख्दै आएको निःशुल्क भोजन कार्यक्रममा करिब १६ हाजार साधुसन्तलाई निःशुल्क भोजन गराई सेवा गर्न पाएको बताए । विवाहको मुख्य दिन आईतवार विहान करिब ९ बजे देखि सुरु भएको निःशुल्क भोजनको कार्यक्रम राति ९ बजे सम्मा चलेको थियो । निःशुल्क भोजन कार्यक्रममा उपस्थित समाजका सचिव अशोक साहका अनुसार विवाह पञ्चमीमा अगान्तुक भक्तजनहरु प्रसादको रुपमा पनि भोजन ग्रहण गर्ने गरेको बताए । प्रत्येक वर्ष तेली कल्यान समाज नेपाल द्धारा राम र सीताको विवाहमा आउने भक्तजनहरुको सेवामा गर्दै आएको निःशुल्क भोजन कार्यक्रमलाई हामी नयाँ कार्यसमितिले निरन्तरता दिएको समाजले जनकारी दिएका छन ।

त्यस्तै विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा बनाइएको विवाह मण्डप (मरबा) मा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको हो । आइतवार साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो । विवाह अघि दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा मैदानमा स्वयम्वर गरि नगर परिक्रमा गरेको थियो । दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो । विवाहपञ्चमीको अन्तिम दिन आज साधुशन्तलाई जानकी मन्दिर परिसरमा मिस्टान परिकार भोजन गराएर विदाई गरिनेछ । साधुशन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई , गाली गीतले स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । यो परम्परालाई रामकलेवा भनिन्छ । जन्तीका रुपमा आएका साधुशन्तलाई चादर, कम्बल र दक्षिना स्वरुप केहि रुपियाँ पैसा दिएर भव्य स्वागत गरि विदाई गर्ने प्रचलन रहेको छ । यस दिनमा राम सीता ,लक्ष्मण र भरत सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरुको पनि विदाई गर्ने प्रचलन छ । रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ । त्रेता युगमा मर्यादा पुरुषोत्तम भग्वान राम र आदर्श नारी सीता बीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरा सातदिनसम्म रामजानकी विवाहपञ्चमी मोत्सव भव्यताको साथ मनाइन्छ । २६ गते देखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फुलवारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटो दिन विवाहपञ्चमी र सातौं अतर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ । सीता र रामको स्वयम्वर र विवाहसम्पन्न भएपछि जनकपुर आएका लाखौं दर्शनार्थी घर फर्कन थालेका छन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग