२१ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २३ लाख रूपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको टोलीले बुधबार धनगढी उपमहानगरपालिका–५ बल्मिकी बोर्डिङ स्कुल आगाडिबाट भारतबाट भन्सार छली गरि ल्याइएको खेलकुदका सामान, हार्वयर, स्टेशनरी तथा कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा डडेल्धुराको गन्यापधुरा गाउँपालिका बस्ने ३५ वर्षीय राजु देउवाले चलाएको ग २ च १७७ नम्बरको जिपमा अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिपसहित भन्सार छली गरेर ल्याइएको २३ लाख ८ हजार ५ सय २० रूपैयाँ बराबरको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग