महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासद्वारा“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन“ विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका उपसचिव हरी कृष्ण केसीको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धि गर्ने उदेश्यसाथ कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी यादव सन्दार्भिक कार्यक्रम भएपनि नगरबाट जतिको उपस्थिती हुनुपर्ने हो नभएकोमा क्षमा माँग्दै यो नगरको हकहितको कुरा हो यस्ता कार्यक्रमले नगरमा हुने भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने बताउँदै आयोगले यस्ता सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यहरु पालिकास्तरमा गर्दै जानुपर्ने धारणा राख्नुभयो।
आयोगको कार्यालय, बर्दिवासका कार्यालयका उपसचिव हरिकृष्ण के.सी. ले उपस्थित जनप्रतिनिधि, विभिन्न कार्यलयका प्रमुखहरु द्धारा राखिएको जिज्ञयसाको जवाफ दिँदै भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र नभई सबैको रहेको बताउनुभयो ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम उदगार अधिकारी, विभिन्न वडाका वडाअध्यक्ष, वडासदस्य, विभिन्न शाखाका शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग