महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ईलाका प्रहरी कार्यालयको सिधा सामुने एक मोवाईल पसलमा चोरी भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर प्रहरी कार्यालयको अगाडीमा रहेको पुजा मोबाइल सेल्स सेन्टरमा शुक्रवार राती छानाको एल्वेसटर फुटाई करिब ८ लाख मुल्य बरावरको मोवाइल र स्पेयर पार्टस चोरी भएको संचालक मोद नारायण साहले जनकारी दिए । संचालक मोद नारायणका अनुसार शनिवार विहान पसल खोल्दा सटरको छानामा राखिएको एल्वेस्टर हटाई भित्र लागइएको सेलेङ्ग फोरेर भरखर हिन्दुहरुको चार्डपर्वलाई मध्यनजर गरी विक्री वितरण वढी हुन्छ भनेर खरिद गरि राखिएको मोवाईल चोरी भई पुजी नै सखाफ गरी चोरी भएको दुःखेसो पोखेका थिए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech