दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

काठमाडौं । सरकारले विद्युत् महसुल घटाएर उपभोक्ता तथा उद्योगलाई राहत दिने तयारी तीव्र पारेको छ। वर्षायाममा उत्पादन बढेर विद्युत् खेर जाने अवस्था देखिएपछि आन्तरिक खपत बढाउने उद्देश्यले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न नेपाल विद्युत् प्राधिकरणले समिति गठन गरेको थियो। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञका प्रतिनिधि सहभागी छन्।

Your Ad Code Here

समितिले विशेषगरी ‘सिजनल ट्यारिफ’ अर्थात् वर्षायाममा तुलनात्मक रूपमा सस्तो महसुल लागू गर्ने विषयमा अध्ययन गरिरहेको छ। वर्षायाममा विद्युत् उत्पादन बढी हुँदा खपत बढाउन सके प्राधिकरणको आर्थिक नोक्सानी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारको तयारीअनुसार उद्योगलाई समेत वर्षायाममा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ। सस्तो विद्युत् उपलब्ध भएपछि उद्योगको उत्पादन लागत घट्ने र त्यसको लाभ वस्तु तथा सेवाको मूल्यमा उपभोक्तासम्म पुर्‍याउन सकिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग