चीनले नेपाललाई विपद्का समयमा राहत तथा उद्धार कार्यमा प्रयोग गर्न सकिने चार वटा ड्रोन सहयोग गरेको छ । यी ड्रोनले एकपटकमा एक सय किलोग्रामसम्मको सामान बोक्न सक्ने क्षमता रहेको बताइएको छ । हेलिकप्टर पुग्न कठिन हुने तथा भौगोलिक रूपमा दुर्गम क्षेत्रमा राहत सामग्री पु¥याउन ड्रोन परिचालन गरिने भएको छ । विशेषगरी बाढी, पहिरो तथा सडक अवरुद्ध भएका क्षेत्रमा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक राहत सामग्री तत्काल पु¥याउन यसको प्रयोग गरिनेछ । जानकारी अनुसार यी ड्रोनलाई करिब १० मिनेटमै पूर्ण चार्ज गर्न सकिने बताइएको छ । विपद्का समयमा सडक तथा हवाईमार्गबाट तत्काल पुग्न नसकिने स्थानमा राहत सामग्री ढुवानी गर्न सकिने भएकाले यस प्रविधिलाई उद्धार तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । प्राकृतिक विपद्का घटना बढ्दै गइरहेको अवस्थामा आधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावित नागरिकसम्म छिटो राहत पु¥याउन यी ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रको उद्धार, अत्यावश्यक सामग्री ढुवानी तथा विपद्को प्रारम्भिक प्रतिक्रियामा समेत यसको उपयोग गर्न सकिने बताइएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech