दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

जेष्ठ ३ महेन्द्रनगर,
धनुषाको ढल्केवरमा रहेको माया रेन्टुरेन्टमा बिलको विषयमा विवाद हुँदा प्रहरीको कुटाइबाट नौ जना घाइते भएका छन् । कुटिएका सबै ग्राहक भएको बताइएको छ ।
मंगलबार राती २ बजे प्रहरीले उनीहरुलाई कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए ।
प्रहरीको कुटाइबाट मिथिला नगरपालिका–२ का जयप्रकाश महतो, शम्भु महतो, हसिम राइन र ठेगाना नखुलेका पंकज शर्मालाई गम्भीर चोटपटक लागेको छ । उनीहरुको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा अन्य पाँच जनालाई सामान्य चोटपटक लागेको छ । उनीहरुको नाम ठेगाना भने खुल्न सकेको छैन ।
प्रत्यक्षदर्शीका अनुसार राती २ बजे बिल तिर्ने बेला ग्राहकले भ्याट बिल मागेका थिए । सोही विषयमा रेस्टुरेन्टका कामदार र ग्राहकबीच विवाद भएको थियो । विवाद हुनसाथ कामदारले इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर गरेको थियो । खबर पाउनसाथ रेस्टुरेन्ट आएका प्रहरी र कामदारसमेत भिडियो ग्राहकले बनाउन थालेपछिको विवादले उग्ररुप लियो ।
विवाद बढ्दै गएपछि प्रहरीले थप सुरक्षाकर्मी बोलाएर उनीहरुलाई हलभित्रै थुनेर तथा बिजुली बत्ती बन्द गरेर अन्धाधुन्ध पिटेको उनले बताए ।
यता, घाइतेहरुले भने चर्को मुल्य जोडेर बिल बनाएकाले र त्यस भ्याट बिल मागेपछि विवाद सुरु भएको बताए । विवादकै क्रममा कामदारले प्रहरी बोलाएर कुटपिट गर्न लगाएको उनीहरुले जानकारी दिए । प्रहरीले मोबाइलसमेत खोसेको घाइतेहरुले बताए ।
घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले घटनाबारे अनभिज्ञता प्रकट गरेका छन् । उनले रेस्टुरेन्टमा के भएको हो आफूलाई थाहा नभएको बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग