दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित न्यू ओम समाज डेन्टल केयर सेन्टर संचालनमा आएको छ ।

महेन्द्रनगर सखुवा चौक देखि पुर्व सखुवा बजार जानेबाटोमा साह मेडिकलको माथिलो तल्लामा सोमबार एक कार्यक्रम विच उदघाटन गरी न्यमित संचालनमा आएको ओरल एण्ड डेन्टल सर्जन डा. राजेश सिंहले जनकारी दिए । जनकपुर ढल्केवर सडक खण्ड महेन्द्रनगर स्थित ग्रामिण भेगलाई मध्यनजर गर्दै सुविधा सम्पन्न दक्ष अनुभवी विडिएस र एमडिएस डाक्टरहरु.द्धारा दाँत र मुखको सम्पुर्ण रोगको उपचार सुपथ मुल्यमा गरिने डा.सिंहले बताए । साथै डा.सिंहका अनुसार अहिले पनि हाम्रो समाजमा दाँत जस्तो सम्वेदन सिल अंगलाई व्यवास्ता गरिरहेको देखिएको छ जस्ले गर्दा पछि सानो सानो गल्तीले गर्दा ठुलो रोगको शिकार बन्नुपरेको छ । महेन्द्रनगर बजार एरियामा संचालनमा आएको डेन्टल केयर सेन्टर र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुको सहयोगमा ग्रामिण भेगमा निःशुल्क शिविर साथै परामर्स सहितको कार्यक्रम संचालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो । वि.डि.एस डा. सिंह आफनो घरको जेष्ठ सदस्य बृज बिहारी सिंहको हाथबाट उदघाटन गरि संचालनमा ल्याएको न्यू ओम समाज डेन्टल केयर सेन्टरबाट तत्कालको लागी निःशुल्क परामर्स सहित बाँकी सेवामा २५ प्रतिशत छुटका साथ उपचार गराउन सकिने जनकारि दिए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग